कार्यक्रम

We are open for registration

आगामी कार्यक्रम

शीर्षक  : “बुद्ध वर्न इन नेपाल”

आदर्श भनाइ :    “तीन चीजहरु लामो समयसम्म लुकाउन सकिंदैन : सूर्य, चन्द्र र सत्य ।”

मिति :  २०७४ माघ १३ गते शनिवार (Saturday, 27 January, 2018)

स्थान : टुँडिखेल मैदान, काठमाण्डौ

 

विविध साँस्कृतिक तथा साँगीतिक

प्रस्तुति :  राष्ट्रिय भाषाका विभिन्न किसिमका राष्ट्रिय, लोक, आधुनिक, पप, दोहरी गीत, संगीत तथा हाँस्य प्रहसनहरु ।

 

उद्देश्यहरु
१. नेपालको पवित्र स्थल लुम्बिनीमा जन्मनु भएका नेपाल माताका सुपुत्र, राष्ट्रिय विभूति, शान्तिका नायक, सर्वज्ञ महामानव शाक्यमुनी गौतम बुद्धद्वारा प्रतिपादन गरिएका बौद्ध दर्शन तथा उपदेशहरुको मूलभूमि नेपाल भएको तथ्यलाई अन्तर्राष्ट्रिय जगतमा विश्व कीर्तिमानी कार्यका माध्यमबाट प्रचार गर्ने;

२. राष्ट्रका मौलिक भाषा–साहित्य, सँस्कृतिको जगेर्नाका माध्यमबाट, सम्मान प्रकट गर्दै विश्वमा नेपालीहरु एउटै मालामा गाँसिएका सयौं फूलका थुङ्गा जस्तै एक ढिक्का र एकतावद्घ भएको सन्देश प्रवाह गर्दै बौद्ध साहित्य र सँस्कृतिलाई विश्व माझमा परीचित गराउने;
३. नेपालका भावि सन्ततिले सँसारमा कसैले नगरेको कार्य गरी वा अरुले कायम राखेका कीर्तिमानी कार्यलाई आफ्नो अदम्य साहस र आँटबाट विश्वमा नेपालीले चाहेको र अठोट गरेको कुनै पनि कार्य जस्तो सुकै परिस्थितिमा पनि धैर्यताका साथ सजिलै सफलता हासिल गर्न सक्षम रहेका भनी प्रस्तावित शीर्षकमा विश्व कीर्तिमान कायम गरी नेपाल र नेपालीहरुको छवि, प्रतिष्ठा र गौरवलाई सगरमाथा जस्तै उच्च, अजर, अमर र अटल बनाई अन्तर्राष्ट्रिय जगतमा प्रसार गर्ने;
४. विभिन्न समय र क्षेत्रमा प्रष्फुटित भएका प्रतिभा लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्तित्वहरुको योगदानको उच्च मूल्याङ्कन, सम्मान तथा अनुशरण गर्दै कायम गरिने विश्व कीर्तिमानी कार्यहरु र तिनका सन्देश मार्फत् राष्ट्र निर्माणका भावी संवाहक युवा एवं आम विद्यार्थीहरुलाई राष्ट्रिय एकतामा जोड दिन थप उत्प्रेरित तथा प्रोत्साहित गर्ने; तथा
५. सबै तह र तप्काका व्यक्तिहरुमा उत्प्रेरणामूलक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिहरुको पठन पाठन सँस्कृतिको विकासमा उत्प्रेरित गर्ने ।