गतिविधि

We are open for registration

१) विश्व कीर्तिमानी भेला

मिति २०६६ चैत्र २६ गते यस संस्थाको स्थापनाको सन्दर्भमा नर्थ फिल्ड क्याफे, ठमेल, काठमाडौंमा भेला गरिएको थियो ।

२) पत्रकार सम्मेलन

मिति २०६७ जेठ २९ गते शनिवार यस संस्थाको स्थापनाको सन्दर्भमा वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । उक्त कार्यक्रममा संस्थाको सम्पूर्ण पदाधिकारीहरु, विभिन्न सञ्चारमाध्यमका प्रतिनीधिहरु लगाएत शुभेच्छुकहरुको उपस्थिति थियो ।

३) विभिन्न टेलिभिजनहरु र पत्रपत्रिकाहरुमा प्रचार प्रसार

राष्ट्रिय टेलिभिजनमा विश्व कीर्तिमान सम्बन्धि विशेष कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्षज्यू, उपाध्यक्षज्यू, महासचिवज्यूबाट अन्तवार्ता दिदै विश्व कीर्तिमान र संस्थाको बारेमा जानकारी गराईएको थियो । यसका साथै विश्व कीर्तिमान र विश्व कीर्तिमानीहरुको बारेमा समय समयका राष्ट्रिय दैनिकहरुमा अन्तवार्ता दिइएको थियो ।

४) गिनिज वर्ल्ड रेकर्डसका वरिष्ठ उपाध्यक्षज्युसँग भेटघाट

मिति २०६७ अश्विन २८ गते खगेन्द्र थापामगर प्रतिष्ठान, पोखराबाट श्री खगेन्द्र थापामगरलाई बिश्वको होचा व्यक्तिको रुपमा गिनिज वल्र्ड रेकर्डसबाट घोषणा गरिने कार्यक्रममा आतिथ्यताको लागि प्राप्त निमन्त्रणालाई स्वीकार गरी संस्थाको तर्फबाट अध्यक्ष श्री दिपक शर्मा बजगाईं र सदस्य श्री शम्भु तामाङ्गले सहभागिता गर्नुहुदै गिनिज वर्ल्ड रेकर्डसका वरिष्ठ उपाध्यक्ष श्री मार्को फिग्राटीसंग समेत भेटघाट गरी संस्थाको बारेमा जानकारी गराउनुका साथै संस्थाको तर्फबाट स्वयम्भूको प्रतिमा उपहार समेत प्रदान गर्नुभएको थियो ।

५) नेपाल पर्यटन बर्ष २०११ को अन्तराष्ट्रिय प्रचारप्रसार र प्रबर्धन

नेपाल सरकारबाट राष्ट्रिय अभियानको रुपमा घोषणा गरिएको नेपाल पर्यटन बर्ष २०११ को अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार र प्रबर्धन गर्न विश्व कीर्तिमानी व्यक्तित्वहरुलाई सद्भावना राजदुत घोषणा गर्न नेपाल सरकार समक्ष मिति २०६७ भाद्र ०२ गते पेश गरिएको प्रस्ताव अनुरुप मिति २०६७ अश्विन ११ गते नेपाल सरकारद्धारा श्री खगेन्द्र थापामगरलाई, २०६७ कार्तिक १४ गते श्री दिपक शर्मा बजगाईंलाई, २०६७ पौष ११ गते प्रतिष्ठा अमात्य बिष्ट, रोहित तिमल्सिना, पेम्वा दोर्जे शेर्पा, तेम्बा छिरी शेर्पा, थानेश्वर गुरगाँर्ईलाई सद्भावना राजदुतको रुपमा घोषणा गरिएको थियो ।

६) सम्माननीय उप–राष्ट्रपतिज्यूको प्रमुख आथित्यमा कार्यक्रम

मिति २०६८ श्रावण २५ गते बुधवार सेन्ट जेभियर्स स्कूल, जावलाखेलमा सम्माननीय उप–राष्ट्रपतिज्यूको प्रमुख आथित्यमा गिनिज वर्ल्ड रेकर्डबाट कान्छो फोटोग्राफरको रुपमा घोषणा भएका ललितपुरका श्री रिरेन्द्र श्रेष्ठको प्रमाण पत्र सार्वजनिक गर्ने कार्यक्रमको आयोजना गरिएको थियो ।

७) महान्यायधिवक्ता श्री बावुराम कुँवरज्यूसँग भेट
विश्व कीर्तिमानी क्षेत्रलाई आगामी दिनहरुमा अझ परिस्कृत, विकसित गर्न नेपालका राष्ट्रिय जीवनमा विभिन्न क्षेत्रमा महत्वपुर्ण विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरी नेपालीहरुले विश्व कीर्तिमानको क्षेत्रमा आजसम्म प्राप्त गरेको उपलब्धीहरुका बारेमा जानकारी गराउने तथा सुझाव, प्रतिक्रिया र मार्गदर्शन प्राप्त गर्ने उद्देश्य अनुरुप यस संस्थाको पदाधिकारीहरुबाट तत्कालिन महान्यायधिवक्ता श्री बावुराम कँुवरज्यूसँग भेटघाट र छलफल गरिएको थियो ।

८) सहयोगी भुमिका र विश्व कीर्तिमानी सफलता

विश्व कीर्तिमान  राख्न चाहने को लागि गिनिज वर्ल्ड रेकर्डसमा पत्राचार गरी आवश्यक प्रकृया अगाडी बढाइएको थियो । जसमा विभिन्न व्यक्तिहरुले सफलता प्राप्त गर्नुभएको थियो ।

९) विविध

विश्व कीर्तिमानहरुबाट लुम्बिनी भ्रमण बर्ष, सगरमाथा हिरक जयन्ती जस्ता राष्ट्रिय अभियानहरुमा सरिक रहनुका अलावा जलवायु परिवर्तन सम्बन्धि ग्रेट हिमालयन ट्रेल (१७०० कि.मी.) पदयात्रा, सगरमाथा सरसफाई जस्ता राष्ट्रिय महत्वका अभियानहरुमा समेत सहभागीता रहेको थियो ।