विश्व कीर्तिमानी परिषद् नेपाल (विकीपने) सर्वाधिक सातवटा विभिन्न विधा देखि दोश्रो पटक प्रथम नेपालीले गिनीज रेकर्डसमा कीर्तिमान राख्ने तथा असीको दशकमा सगरमाथा आरोहणमा प्रयाश गर्ने लगायतका विश्व कीर्तिमान धारकहरुको सामूहिक प्रयाशद्वारा मिति २०६७ जेठ २६ गते दर्ता गरिेएको गिनीज वर्ल्ड रेकर्डस् सम्बन्धी नेपालको आधिकारिक परिषद् हो ।

मुख्य उद्देश्यहरु

  • विश्व कीर्तिमानी नेपालीहरुका बिचमा आपसी सम्बन्ध, सम्पर्क, समन्वय र सद्भाव कायम गरी आपसी सहयोग, भाइचाराको बिकास गर्ने, सम्बन्ध बढाउनुका साथै तिनीहरुको बिचमा आइपरेका समस्या समाधान सम्बन्धि सम्पुर्ण कार्य गर्ने ।
  • विश्व कीर्तिमानीहरुको बिश्वसामु स्थापित परिचय, ईज्जत, कर्तव्य र अधिकारलाई मध्यनजर राखी निजहरुको हक, हितको संरक्षण र सम्बन्र्धन गर्न आवश्यक कार्य गर्ने ।
  • विश्व कीर्तिमानीहरुको सामुहिक हक, हित, सेवा, सुविधा र सरोकारको बिषयको सम्बन्धमा प्रतिनीधित्व गरी कार्य गर्ने ।
  • विश्व कीर्तिमानीहरुको बारेमा तथ्याकं संकलन गर्ने, खोज र पहिचान गर्दै आवश्यक, अनुसन्धान गर्ने र सोको संरक्षण, सम्बर्धन गर्दै प्रकासित तथा प्रचारप्रसार गर्ने ।
  • जनसरोकारका सम्बन्धित बिषयहरुमा सकारात्मक रुपान्तरणका लागि जनचेतना अभिवृद्धि गर्ने ।
  • बौद्धिक बहस र अन्तराष्ट्रिय माध्यमबाट समाज र राष्ट्रको स्वस्थ बिकासमा सरिक रहने ।
  • विश्व कीर्तिमानीहरुको नाममा कल्याणकारी कोष, अक्षयकोष आदी स्थापना गरी छात्रवृत्ति, पुरस्कार, मानपदवी एंव सम्मान आदी कार्यक्रमहरु सञ्चालन गर्ने ।
  • सम्बन्धित निकायबाट स्वीकृति लिई बिश्व किर्तिमानीहरुको नाममा संग्राहलय, सालिक, स्मारक, मन्दिर, चैत्य, गुम्बा, चर्च आदि जस्ता सेवामूलक संस्थाहरु स्थापना गरी सञ्चालन गर्ने ।
  • संस्थाको प्रकृतिसंग मेल खाने अन्य स्वदेशी तथा विदेशी संस्थासंग आपसी सहयोग र समन्वय बनाइ एक आपसमा मैत्रीपूर्ण सम्बन्धको बिकास गराई विचार र अनुभवहरुको आदान प्रदान गर्ने